८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

२३ असार, काठमाडौँ । पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा  फेला पारेका थिए। उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

फाइल तस्वीर

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनकाे अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार गरिएको थियो । हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा काेराेना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : July 7, 2020 at 1:47 pm