२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

धादिङमा सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

१२ जेठ, धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ ।

स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन ।

स्तरोन्नतीका नाममा खनेर लथालिङ्ग छोड्दा सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनसमेत हिलोमा फस्ने गरेका छन् ।

निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधन समेत चल्न सकेका छैनन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रकाशित मिति : May 26, 2018 at 8:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/