काठमाडौँ उपत्यकामा समुदायमै काेराेना संक्रमण छ/छैन पत्ता लगाउन १० ठाउँमा परीक्षण हुँदै
२२ असार, काठमाडौँ । काठमाडौँ उपत्यकाको समुदायमै काेराेना संक्रमण फैलिए/नफैलिएको भन्ने सम्वन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ। पहिलो चरणमा तीनकुने र नख्खुडाेलका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा उनिहरू सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

अन्य ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको गौतमले बताएका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विज्ञहरूले समेत संक्रमण समुदायमा फैलिएको हुनसक्ने चेतावनी दिँदै आएका छन्। काठमाडौँ उपत्यकामा काेराेना संक्रमण जोखिम बढेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउने मन्त्रालयले जनाएको छ । साथै क्यान्सर, मधुमेहका विरामी र अस्पतालको आकस्मिक कक्ष तथा आइसियूमा भर्ना भएका बिरामीको पनि परीक्षण गर्ने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : July 6, 2020 at 5:34 pm



