८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मास्क नलगाई घरबाहिर निस्किएकालाई पक्राउ गर्ने गृहमन्त्रालयकाे निर्देशन

२२ असार, काठमाडौँ । काेराेना संक्रमण बढिरहेका समयमा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो।  आज सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो।

सरकारले लकडाउन केही खुकुलो बनाएको छ, खुकुलो बनाएपनि केही शर्तहरु तोकेको थियो। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनिएकाे थियो तर, यहाँ मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्दै गएकाले  गृहमन्त्रालयले यस्ताे निर्देशन दिएकाे हाे ।

प्रकाशित मिति : July 6, 2020 at 5:07 pm