गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
२२ असार, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमित संख्या ११ सय १३ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो । लमजुङको वेशीशहर नगरपालिकामा ३ जना, सुन्दरबजार नगरपालिकामा ३ जना, राइनास नगरपालिकामा १ जना , क्व्होलासोथर गाउँपालिकामा २ जना, दोर्दी गाउँपालिकामा १ जना र मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

त्यस्तै बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिकामा २ जना र काठेखोला गाउँपालिकामा २ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
प्रकाशित मिति : July 6, 2020 at 3:22 pm



