१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

बाग्लुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

२१ असार, पोखरा । बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएकाे छ । गण्डकीका प्रदेश स्वास्थ्य प्रमुख डाक्टर विनोदविन्दु शर्माले क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

फाइल तस्वीर

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको थियाे । लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

प्रकाशित मिति : July 5, 2020 at 2:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/