८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानियद्धारा अवरोध

२० असार, काठमाडाैँ । गोरखामा कोरोना संक्रमित पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन्। पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। ती पुरूषको शव लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्।

गोरखा नगरपालिकास्थित देउराली र सहिद लखन गाउँपालिकास्थित बक्राङका बासिन्दाले शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका हुन्। स्थानीय बासिन्दाको अवरोधपछि गोरखा अस्पतालमा रहेको शव त्यसतर्फ लैजान सकिएको छैन।

प्रकाशित मिति : July 4, 2020 at 3:48 pm