नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त
२० असार, काठमाडौँ । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँ सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुनुहुन्छ ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।
प्रकाशित मिति : July 4, 2020 at 10:35 am



