१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाई हेलिकप्टरबाट काठमाडाँै पठाइयो

११ जेठ, दाङ । दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको छ ।

बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त सडकमा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी गिरीलाई नेपाली सेना १९ नंं बाहिनी अड्डा तुलसीपुरको समन्वयमा राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाँै पठाइएको हो ।

गिरीको पेट र खुट्टामा गहिरो चोट लागेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । प्रत्यक्षदर्शीले टिपर चालकले स्कुटीमा ठक्कर दिएपछि पुन व्याक गरेर ठक्कर दिएको बताएका छन् ।

सो घटनापछि दोषीलाई कारबाही र घाइतेलाई निःशुल्क उपचारको व्यवस्थाको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्नुका साथै राप्ती अञ्चल अस्पतालमा नारावाजी गरेका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १८:२३