८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काठमाडौँकाे नयाँ बानेश्वरका ८५ वर्षिय कोरोना संक्रमित वृद्धको मृत्यु

१९ असार, काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौँ नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षिय वृद्धको राजधानीको एक नीजि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनी उच्च रक्तचाप र पार्किन्सनको विरामी रहेको बताउनुभयो ।

फाइल फाेटाे

छाति दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति : July 3, 2020 at 4:42 pm