८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १५ हजार २५९ पुग्याे

१९ असार, काठमाडाैँ । शुक्रबार ७४० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ७४० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १५ हजार २५९ पुगेकाे छ ।

हालसम्म काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ६ हजार १ सय ४३ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३२ जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित मिति : July 3, 2020 at 4:23 pm