१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एनजिअोका पदाधिकारीले पनि सम्पत्ति बिबरण सार्वजनिक गर्नुपर्छः प्याकुरेल (भिडियोसहित)

११ जेठ, काठमाडौँ । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले गैरसरकारी संस्था (NGO) का पदाधिकारीले पनि सम्पत्ति बिबरण सार्वजनिक गर्नुपर्ने बताएका छन । शुक्रबार गोगो फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा गैरसरकारी संस्थासम्बन्धी कानुनी संरचना’ विषय अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्याकुरेलले गैर सरकारी संस्थाको पनि नियमन आवश्यक रहेको भन्दै ती संस्थाका पदाधिकारीको सम्पत्ति विवरण पनि सार्वजनिक हुनुपर्ने बताए ।

प्याकुरेलको भनाइ यहाँ सुन्न र हेर्न सक्नुहुन्छ ।

उनले भने, ‘गैरसरकारी संस्थाले ल्याउने पैसा पनि राष्ट्रकै हितमा आउने हो, भलै हाम्रो खातामा सीधै आउँछ, जसको जानकारी समाज कल्याण परिषद्लाई हुन्छ । त्यसो भएको हुनाले मन्त्री र कर्मचारीले चाँहि सम्पत्ति विवरण बुझाउनु पर्ने अनि हामीले चाहिँ किन बुझाउनु नपर्ने ? हाम्रो अनुगमन कसले गर्ने ?’

अध्यक्ष प्याकुरेलले आफूले १२ वर्षदेखि यही विषय उठाउँदै आए पनि सरकारले कार्यान्वयन गर्न नसकेको बताए । उनले एकाधमा क्षमता रहेपनि सरकारी कर्मचारीमा आम रुपमा ज्ञान, विवेक र क्षमताको कमीका कारण नियमन र प्रभावकारी अनुगमन हुन नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १८:०६