क्वारेन्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ
१९ असार, रोल्पा । क्वारेन्टीनमा आत्महत्या गरेका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । बुधबार क्वारेन्टीनमै झुण्डिएर आत्महत्या गरेका रोल्पाकाे गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । भेरी अस्पताल नेपालगञ्जमा आज गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख अनिल केसीले जानकारी दिनुभयो ।

विद्यालयमा स्थापना गरिएको क्वारेन्टीन भरिएकाले उनलाई गाउँको एउटा घरमा एक्लै राखिएको थियो । मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
प्रकाशित मिति : July 3, 2020 at 12:32 pm



