८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गुल्मीकाे इश्मामा पहिराेले घर बगाउँदा १८ महिने शिशुको मृत्यु, १ जना बालिका वेपत्ता

१९ असार, काठमाडौँ । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दीमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्य ५ जना घाइते भएका छन् । स्थानिय बसन्त सारुको घर बगाउँदा उनका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको हो ।

फाइल फाेटाे

यसैगरी सोही ठाउँ बस्ने ईश्वरी खत्रीको घर पहिरोले बगाउँदा उनकी ७ वर्षीया छोरी अपेक्षा खत्री वेपत्ता छिन् भने ईश्वरी खत्री गम्भीर घाइते भएकी छिन् । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो ठाउँमा पहिरो गएको र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको बताइएकाे छ ।

प्रकाशित मिति : July 3, 2020 at 11:02 am