८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

दार्चुलामा एकै दिन सशस्त्र प्रहरीका थप ३ बिओपी स्थापना

१८ असार, काठमाडाैँ । दार्चुलामा एकै दिन सशस्त्र प्रहरीका थप ३ बिओपी स्थापना भएको छ । बिहिबार जिल्लाको मालिकाअर्जुन गाउंपालिका ४ जोलजिबी, लेकम गाउंपालिका ३ लाली र ब्यास गाउंपालिका २ दुम्लिङमा बिओपी स्थापना भएको हो ।

यस अघि दार्चुलाको छाङ्रुमा बिओपी स्थापना भइसकेको छ । यो संगै दार्चुलामा बिओपी संख्या ४ पुगेको छ । बिहिबार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपी उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : July 2, 2020 at 6:59 pm