१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

ढुंगेलको आममाफीविरुद्ध कांग्रेस नेताको रिटमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका बारेमा सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे जानकरी माग गरेको हो ।

अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्चले जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढुंगेललाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको छ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेललाई आममाफी दिने प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १७:०८