बिहिबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १४ हजार ५१९ पुग्याे
१८ असार, काठमाडाैँ । बिहिबार ४७३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप ४७३ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ५१९ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ६३४ जनाले काेराेना जितेर घर फर्किएका छन् । हालसम्म काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ५ हजार २ सय ९० जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१ जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
प्रकाशित मिति : July 2, 2020 at 4:26 pm



