त्रिवि शिक्षण अस्पतालमा उपचाररत ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु
१८ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएकाे छ । घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुकाे शल्यक्रियाअघि गरिएकाे काेराेना परीक्षणकाे रिपाेर्ट मंगलबार पाेजेटिभ आएकाे थियाे ।

उपचारकै क्रममा उनकाे बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पताल स्राेतले बताएकाे छ । म्याग्दी घर भएका शिशुकाे श्वासप्रश्वासमा समस्या भएपछि सोमबार चिकित्सकहरुले आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरेका थिए ।
प्रकाशित मिति : July 2, 2020 at 1:24 pm



