टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा ५ जना सैनिक घाइते
१७ असार, गोरखा । गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दिँदा ५ जना सैनिक घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय गोरखाका अनुसार गाेरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा ५ जना सैनिक घाइते भएका हुन् ।

बुधबार साँझ तनहुँको आँबुखैरेनीबाट गोरखा जाँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको लु १ प ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा लगिएकाे छ ।
प्रकाशित मिति : July 1, 2020 at 7:17 pm



