१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

अधिवक्ता शेष मन्सुर बाबु बुहरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

११ जेठ, वीरगञ्ज । नेकपाकी सांसद शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबु बुहरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन । झड्केलो छोराकै बुहारीलाई गत मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका मन्सुर बाबु ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि फरार रहेका थिए ।

कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई प्रहरीले हिजो पक्राउ गरेको हो । पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार १३:३६