बुधबार काठमाडौँ उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित
१७ असार, काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार काठमाडौँका १० जना, भक्तपुरका २ जना र ललितपुरका ५ जना जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मिति : July 1, 2020 at 4:51 pm



