६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

१७ असार, लहान । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

महोत्तरीकने सोनबा गाउँपालिका–३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : July 1, 2020 at 11:26 am