८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कार्यकक्षमै कुटिएका वडाध्यक्ष डाँगीलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

१६ असार, तुलसीपुर । अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएका दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टर चार्टर गरी काठमाडौंँ लगिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार अज्ञात समूहको प्रहारबाट टाउको, खुट्टालगायतमा चोट लागेका डाँगीको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि आज अपराह्न साढे ४ बजे काठमाडौँ लगिएको हो ।


चार जनाको समूहमा आएका व्यक्तिले वडाध्यक्ष डाँगीलाई मध्याह्न १२ बजे वडा कार्यालय नजीकै आक्रमण गरेको प्रहरीले बताएको छ । घटनास्थल नजीकै नेत्रविक्रम चन्द समूहको पर्चासमेत भेटिएको जनाइएको छ ।

प्रकाशित मिति : June 30, 2020 at 7:31 pm