६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एक्सरे गर्न आएकी महिलालाई नाङ्गै बनाउने दाङका एक स्वास्थ्यकर्मी पक्राउ

१५ असार, दाङ । दाङकाे घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका-५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन्। आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।

घोराही उपमहानगरपालिका -१८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ हाे ।उनिविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने प्रहरीले जानकारी दिए।

प्रकाशित मिति : June 29, 2020 at 2:35 pm