दैलेखमा पिसिआर मेसिन सञ्चालन
१५ असार, दैलेख । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गर्नुभएको छ ।

आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिनुभयो । दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् ।
प्रकाशित मिति : June 29, 2020 at 1:05 pm



