ललितपुरमा कोरोना संक्रमण भएका अर्का एक पुरूषको मृत्यु
१५ असार, काठमाडाैँ । ललितपुरमा कोरोना संक्रमण भएका अर्का एक पुरूषको मृत्यु भएको छ । ती पुरूषको गएराति मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय ललितपुरले जनाएककाे छ ।
राैतहटमा उपचारका लागि स्टार अस्पताल ल्याएर भर्ना गरिएका ती पुरूषमा कोरोना पोजेटिभ पाइएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले पुष्टि गरे । मृत्यु हुने रौतहटका २९ वर्षीय पुरुष रहेका छन ।

उनको भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको हो । ती पुरूष दमका रोगी रहेको खुलेको छ । योसँगै कोरोना संक्रमण दिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रकाशित मिति : June 29, 2020 at 10:30 am



