नेपालमा थप १ जना काेराेना संक्रमितकाे मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्याे
१३ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबार कैलालीका थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

फाइल फाेटाे
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए । पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।
उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।
प्रकाशित मिति : June 27, 2020 at 4:55 pm



