शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १२ हजार ३०९ पुग्याे
१३ असार, काठमाडाैँ । शनिबार एकैदिन ५५४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप ५५४ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १२ हजार ३०९ पुगेकाे छ । पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या २८ सय ३४ पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २८जना पुगेकाे छ । नेपालमा ७७ वटै जिल्लामा कोरोनाको संक्रमण फैलिएकाे छ ।
प्रकाशित मिति : June 27, 2020 at 4:30 pm



