८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोनाको अनुसन्धान गर्न दक्षिण कोरियाका ४ हजारले ८३ अर्ब डलर बराबरको प्लाज्मा दान दिने

१३ असार, काठमाडाैँ । कोरोना भाइरस (कोभिड १९) को अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार बढीले प्लाज्मा दान गर्ने घोषणा गरेका छन । कोरोना संक्रमण भएर निको भएका दक्षिण कोरियाको शिञ्जोची चर्चका ४ हजार जनाले रगतको प्लाज्मा दिने घोषणा गरेका हुन । उनीहरूले प्रतिव्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागेका छन ।

प्लाज्माको अभावमा कोभिड १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका समयमा दक्षिणकोरियाका नागरिकले यस्तो निर्णय लिएका हुन । उक्त प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबरको रहने चर्चका संस्थापक मान ही लीले दाबी गरेका छन । अनुसन्धानका लागि अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने बताएका छन ।

प्रकाशित मिति : June 27, 2020 at 1:42 pm