१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

३८ क्वीन्टल सुन तस्करीमा एमाले नेता पनि तानिए, रेवत आचार्य पक्राउ

११ जेठ, काठमाडाैँ ।  ३८ क्वीन्टल सुन तस्करीमा एमाले नेता र कार्यकर्ता पनि तानिएका छन । ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेले अदालतमा दिएको बयान अनुसार एमालेका नेता कार्यकर्ता पनि यसमा जोडिएका छन ।

मोरङ जिल्ला अदालतमा दोस्रो दिनको बयानका क्रममा गोरेले एमाले कार्यकर्ता रेवत आचार्यलार्इ पोलेपछि बिहीबार नै उनलार्इ प्रहरीले पक्राउ गरेको छ । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले राति साढे ९ बजे नियन्त्रणमा लिएको हो । प्रहरीले यसबारे स्पष्ट बताउन चाहेको छैन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०८:०९