८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

पत्रकार कुट्ने र क्यामरा फुटाउने नुवाकोटका कांग्रेस नेतामाथि कारबाही गर्न पत्रकार महासंघको माग

१० असार, नुवाकोट । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार कुट्ने र क्यामरा फुटाउने नेपाली कांग्रेसका नेताहरू माथि कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । त्यस्तै महासंघको बागमती प्रदेश समिति, नुवाकोट जिल्ला समिति र राष्ट्रिय फोटो पत्रकार समूह र प्रेस संगठन नुवाकोटले पनि पत्रकार कुट्ने र क्यामरा फुटाउने कामको निन्दा गर्दै संलग्नलाइ कारबाहीको माग गरेको छ ।

बुधबार नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा नेपाली कांग्रेसका नेता समेत रहेका वडा अध्यक्षहरू दयानिधी अधिकारी, सूर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले तीन पत्रकार माथि दूर्व्यवहार गर्दै क्यामरा खोसेर फुटाएका छन भने पत्रकारले चढेको सवारीसाधनमा समेत क्षति पुर्याएका छन । अधिकारी वडा नम्बर १, श्रेष्ठ ३ र तामाङ ६ नम्बर वडाका अध्यक्ष हुन ।

उनीहरूले टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीमाथि हातपात गरी क्यामरा लुटेर फुटाएका छन भने त्रिशुली खबरका सम्पादक नविदीप अजनवी श्रेष्ठ र मिक्स एफएमका विष्णु अधिकारीलाइ दूर्व्यवहार गरी सवारीमा क्षति पुर्याएका छन । कांग्रेसका नेताहरूले गाउँसभामा अबरोध गरिरहेको समाचार संकलन गरिरहेका पत्रकारमाथि सामूहिक रूपमा दूर्व्यवहार भएको हो । गाउँसभामा विरोध गर्न आएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले धम्कीपूर्ण नाराबाजी गर्दै हातखुट्टा भाँचिदिने चेतावनी समेत दिएको त्रिशुली खबरका सम्पादक श्रेष्ठले जानकारी दिएका छन ।

कुटपिटको सम्बन्धमा पत्रकार महासंघका विभिन्न समिति र प्रेस संगठन नुवाकोटले प्रकाशन गरेको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : June 25, 2020 at 8:21 pm