काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्न लाग्दा पाेखरामा स्थानीयवासी र प्रहरीबीच झडप
११ असार, काठमाडाैँ । कोरोना कारण मृत्यु भएका पुरूषकाे शव व्यवस्थापन गर्दा पोखरामा झडप भएको छ। पोखरा महानगरपालिका स्थित मझुवामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको थियो। मृतककाे शव व्यवस्थापन गर्न लागेको बेला स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु भएका दोस्रो व्यक्तिको शव व्यवस्थापनमा पनि स्थानीयले अवरोध गरेका हुन्। स्थानीयले अवरोध गरे पनि नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ। पोखरा महानगरले कोरोना संक्रमित शव वडा नं ३२ स्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने लागेकाे थियाे। शव व्यवस्थापन गर्न नदिन स्थानीयवासीले टायर बालेर बाटो अवरुद्ध गरेका थिए। स्थानीयवासीलाई प्रहरीले तितरबितर पारेपछि सेनाले शव व्यवस्थापन गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले स्थानीयवासीले अवरोध गरेपछि सामान्य झडप भएको बताएका छन्।
प्रकाशित मिति : June 25, 2020 at 2:10 pm



