१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रसुवाकाे समाजमा विद्यमान मनासिब रीतिलाई मान्यता दिन आग्रह

१० जेठ,रसुवा ।कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले रसुवा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

 दुई करोड ९६ लाख ८४ हजार ९६७ को लागतमा बनेको भवनमा एक इजलाससहित १८ कोठा छन् । साढे सात रोपनी जमीनमा बनेको पक्की भवन बाल र अपाङ्गतामैत्री समेत छ ।

सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायालयमाथिको विश्वनीयता बढाउन न्यायकर्मीलाई निर्देशन दिँदै गाउँको मुद्दा स्थानीयस्तरमै छिनोफानो गर्न मेलमिलापको नीतिलाई अगाडि बढाइएको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख छोपेमा तामाङले रसुवाबासी न्यायालयप्रति आस्थावान् रहेको बताएका छन् । अधिवक्ता एवं रसुवा बारका अध्यक्ष फुर्पा तामाङले मनासिबखाले गाउँ समाजमा चलिरहेका रीतिलाई पनि मान्यता दिन कामु प्रधानन्यायाधीशसमक्ष आग्रह गरे । जिल्ला न्यायाधीश बाबुराम सुवेदीले जिल्ला अदालतमा वार्षिक सरदर ७० मुद्दा पर्ने गरेको र समयमै छिनोफानो हुने गरेको बताए ।रासस

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार २१:०८