१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

धादिङकाे १३ घरबाट अवैध घरेलु मदिरा बरामद

१० जेठ,धादिङ  । धादिङकाे १३ घरबाट लुकाइछिपाइ  बिक्री गर्न ठीक पारिएको अवैध घरेलु मदिरा  नेपाल प्रहरीले   बरामद गरेको छ ।

गजुरी गाउँपालिका वडा नं २ चालिसे क्षेत्रमा प्रहरीले छापा मारेर ठूलोमात्रामा मदिरा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले बताए ।

चालिसे क्षेत्रको १३ घरमा लुकाइछिपाइ अवैध मदिरा उत्पादन र बिक्री गर्न ठीक पारिएको अवस्थामा प्रहरीले छापामार्दा उक्त क्षेत्रको १३ घरबाट चार हजार ९०० लिटर मदिरा बनाउने कच्चा सामग्रीसहित २५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ । त्यस्तै अवैध घरेलु मदिरा बनाउनका लागि राखिएको ८५ थान प्लास्टिकका ड्रमसमेत बरामद गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए

उनले बरामद गरिएको अवैध मदिरा र कच्चापदार्थ स्थानीयको रोहबरमा प्रहरीले नष्ट गरिएको पनि बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार २०:३९