१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एनआईसी एशिया बैंकद्वारा दुई जनालाई ३० लाख घातक रोग बीमा दावी रकम भुक्तानी

१० असार, काठमाडाैँ । एनआईसी एशिया बैंकले ल्याएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत दुई जना ग्राहकलाई रू.१५ लाख प्रतिव्यक्तिका दरले रू.३० लाख बीमा रकम भुक्तानी गरेको छ । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खाेलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरेकाे हाे ।

सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ । बैँकले श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ । उच्च व्याजदर र अतुलनीय फाइदाले भरिपूर्ण बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।

यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ र सो सुविधाबाट प्राप्त हुने ग्राहक महानुभावहरूलाई फाइदा साच्चिकै चमत्कारिक रहेको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले बचतमा नै बीमा सुविधा ल्याउदै आएको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक योजना अन्तर्गत खाता खोल्दा न्यूनतम रू.२० हजार देखि रू.१ लाख ६० हजारसम्मको फाइदा हुने चमत्कारिक फाइदा योजना ल्याएको छ । यस खातामा प्राप्त रू.२१ लाखसम्मको बीमा छुट्टै किसिमले गर्नुपरेमा करिब रू.१४ हजार बराबर बीमा शुल्क वापत थप बुझाउनु पर्ने हुन्छ ।

जसकारण ग्राहकलाई करिब रू.१४ हजार प्रत्यक्ष फाइदा पुग्छ । त्यस्तै कर्जा सम्बन्धी चमत्कारिक सुविधाबाट रू.१ लाख १३ हजारसम्मको फाइदा लिन सक्नुहुनेछ भने नेपालभरका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, निःशुल्क डेबिट/क्रेडिट कार्ड, निःशुल्क मोबाइल/इन्टरनेट, भाइबर बैंकिङ्ग, निःशुल्क क्ष्ख्च् सेवा, निःशुल्क ई–कमर्स सेवा, स्वीप इन–स्वीप आउट लगायत जम्मा सेवाको बजार मुल्य गणना गर्दा खातावालाले करिब रू.८७ हजार बराबरको फाइदा लिन सकिनेछ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १६० जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू.१ करोड ३३ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैँकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार १७:१८