१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

विश्व बैंकद्धारा नेपाललाई १२ अर्ब ऋण सहयोग

१० असार, काठमाडाैँ । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार १६:२८