१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

निजी विद्यालय र अस्पतालहरु राष्ट्रियकरण गरौँः नेता भट्टराई

८ असार, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले निजी विद्यालय र स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । बाबुरामले निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अभिभावकहरुसँग लकडाउन अवधिको शुल्क मागेपछि यस्तो प्रस्ताव अघि सारेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बाबुरामले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ भन्दै यस्ताे लेखेका छन्, ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’ पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद ! शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठूलो गल्ती गरेको थियो। यसले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ । शिक्षा स्वास्थ्यको राष्ट्रियकरण गरौं !’

प्रकाशित मिति : 13:03