१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रभु बैंकका शाखा प्रबन्धक जुवाखालबाट समातिए

६ असार, नुवाकोट । प्रभु बैंकका शाखा प्रबन्धक जुवाखालबाट समातिएका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबार भिअाइपी भनिएको जुवा खालमा छापा मार्दा प्रभु बैंकका शाखा प्रबन्धसहित १० जुवाडे पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले प्रभु बैकका शाखा प्रबन्धक दिपक सिंखडा लगायत १० जना पक्राउ परेकाे जानकारी दिए ।  जुवाडेहरूकाे साथबाट नगद एक लाख भन्दा बढी रकम समेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको एक होटलमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा बैंकका कर्मचारी, नेता, शिक्षक, नेपाल टेलिकमका कर्मचारी लगायतका रहेका छन ।

(नेपाल टेलिकमका कर्मचारीको नाम भुलवश प्रयोग भएकोमा सच्याइएको छ ।-सम्पादक)

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १९:३९