१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उर्जा क्षेत्रमा लगानी बढाउन सरकारद्धारा आइडीएकाे १२ अर्ब ऋण सहायता स्वीकार

५ असार, काठमाडाैँ । सरकारले उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धि गर्नका लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए)बाट १० करोड अमेरिकी डलर बराबरको करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले साना सिचाई अयोजना दोस्रोचरण कार्यक्रम कार्यान्वयनका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने १ करोड ७६ लाख स्वीस फ्रयाङ्क अर्थात २ अर्ब २ करोड ४० लाख नेपाली रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १५:५८