१० असार २०८३, बुधबार | Thu Jun 25 2026

संसदमा बोल्न नपाएपछि काठमाडाैँ छाडेकी सांसद सरिता गिरी भारत प्रवेश गर्न पाइनन्

२ असार, सिरहा । संसदमा बोल्न नपाएपछि काठमाडौँ छाडेकी समाजवादी पार्टीकी नेतृ सरिता गिरी स्थालमार्गबाट भारत प्रवेश गर्नबाट रोकिएकी छिन । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले गिरी भारत जान लागेको सूचना पाएको तर भारतीय नाकाबाट प्रवेश गर्न नपाएपछि कता गएको भन्नेमा कुनै जानकारी नभएको बताएका छन।

प्रहरीका अनुसार उनी सिरहाको ठाडी नाका हुँदै भारततर्फ जान खोजेकी थिइन । तर भारतीय नाका बन्द रहेका कारण उनी प्रवेश गर्न पाइनन् । उनले बुबा बिरामी भएको बताए पनि प्रहरीले सम्झाएर फर्काएका थिए ।

कालापानी, लिपुलेक  र लिम्पियाधुरा भरतकै भूमि रहेको भन्दै संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव खारेजीका लागि संशोधन हालेकी गिरीको प्रस्ताव सभामुखले ठाडै खारेज गरेका थिए । त्यसपछि उनले संसदमा बोल्न समय मागेकी थिइन त्यो पनि नपाएपछि संसदबाट बाहिरदैँ आफूले आत्महत्या गर्न नसकेको भन्दै डिग्निटीका लागि मैदानमा लड्ने बताउँदै बाहिरिएकी थिइन ।

प्रकाशित मिति : June 16, 2020 at 7:15 pm