नेपाली स्वभिमानविरूद्ध उभिएकी सरिता गिरीको सांसद पद चट ! राजनीति पनि समाप्त
१ असार, काठमाडाैँ । समाजवादी पार्टीकी नेतृ सरिता गिरीको सांसद पद चट हुने भएको छ । पार्टीको ह्वीप विपरित काम गरेकाले उनको सांसद पद चट हुन लागेको हो । समाजवादी पार्टीले गिरीको राजनीति पनि समाप्त पार्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने भएको छ । गिरीमाथि कारबाहीको प्रक्रया सुरू गरिएको समाजवादी पार्टीका नेताले बताएका छन ।
समाजवादीका नेताहरू उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडाैँ फर्के लगत्तै गिरी माथिको कारबाही अघि बढ्नेछ । यादव विराटनगर र भट्टराइ गोरखामा रहेका छन । संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने कानुनी प्रावधान रहेको छ । गिरी खस आर्यको कोटाबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन ।

नेपाली स्वभिमानविरूद्ध उभिएकी गिरीले गलत अभिव्यक्ति दिएकी थिइन भने नेपाली भूमि भारतकै रहेको भन्दै सरकारले राष्ट्रिय एकताका साथ प्रस्तुत गरेको संशोधनका विरूद्धमा संशोधन प्रस्ताव ल्याएकी थिइन । लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन् ।
नेपाली कांग्रेसबाट राजनीति थालेकी गिरी कुनै समय सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष समेत रहेकी थिइन । उनी श्रममन्त्री हुँदा भ्रष्टाचारको अभियोग लगाएर तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराइले मन्त्रीबाट बर्खास्त गरेका थिए । उनको लामो राजनीतिक करियर पनि यस प्रकरणले समाप्त पारेको छ ।
प्रकाशित मिति : 10:30









