१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

विश्व बैंकले नेपालको सडक पूर्वाधार निमार्णकाे लागि ५४ अर्ब २८ करोड ऋण उपलब्ध गराउने

२९ जेठ, काठमाडाैँ । विश्व बैंकले ५४ अर्ब २८ करोड रुपैयाँ अर्थात ४५ करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।  बैंकले सडक पूर्वाधारको स्तरोन्नतीबाट सुरक्षित यातायातको विकास,थप रोजगारी सिर्जना र अन्तरदेशीय व्यापारका माध्यमबाट कोभिड १९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणमा प्रयोग हुने विश्व बैंकले बताएको छ ।

नागढु्गा,नौबिसे,मुग्लिङ सडक सुधार, कमला–ढल्केवर–पथलैया सडक आयोजनाको स्तरोन्नतिमा उक्त रकम उपयोग हुने भएको हो । विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोसले कोभिड १९ का कारण स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा बजारीकरणको बिस्तारमार्फत कोरोनाबाट परेको क्षति कम गर्न सहायता रकमले मद्दत गर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : June 11, 2020 at 5:14 pm