७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा र अश्रुग्यास

२९ जेठ, काठमाडाैँ । बालुवाटारमा प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर लखेटेकाे छ । कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै बालुवाटार तथा प्रहरी प्रधान कार्यालय आसपासको क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि पानीको फोहोरा, अश्रुग्यास र लाठी हानिएको हाे। सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले आज पनि बल प्रयोग गरेको हो।

विभिन्‍न प्लेकार्डसहित आन्दोलित उनीहरुमाथि प्रहरीले पानीको फोहोराले हान्‍नुका साथै अश्रुग्याँस र लाठी पनि प्रहार गरेको थियो। प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठी प्रहार गरेपछि प्रदर्शनकारीहरु भागेका थिए। यसअघि पनि त्यही स्थानमा प्रदर्शन भएको थियो। सरकारले कोरोना नियन्त्रणमा १० अर्ब भन्दा धेरै खर्च गरेको बताए पनि दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि आलोचना भइरहेको छ।

प्रकाशित मिति : June 11, 2020 at 2:07 pm