१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, एसईई खारेज हुँदै, यस्तो छ शिक्षा मन्त्रालयको प्रस्ताव

२८ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा यस वर्षको एसईई परीक्षा खारेज गर्न शिक्षा मन्त्रालयले प्रस्ताव लगेको छ । उक्त प्रस्तावमा बुधबारको मन्त्रिपरिषद्मा विशेष छलफल हुँदैछ । शिक्षा मन्त्रालयले एसईई परीक्षा खारेज गर्ने प्रस्तावसँगै विद्यालयकै मूल्याँकनलाई मान्यता दिन प्रस्ताव गरेको छ ।

कोरोनाका कारण विगतको जस्तै गरी एसईई परीक्षा गर्न नसकिने निष्कर्ष शिक्षा मन्त्रालयले निकालेको छ । कोरोनाको त्रासका कारण एसईई परीक्षा सुरू हुनु केही घण्टाअघिमात्र स्थगित भएको थियो । एसईई परीक्षा स्थगित भएसँगै चैत ११ पछि भएको लकडाउने जनजीवन थप अस्तव्यस्त र त्रसित बनेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १९:४६