१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

जेठ २८, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार उक्त कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पहिलो कारोबारका लागि नेप्सेले रू. १४१ दशमलव ४५ देखि रू. ४२४ दशमलव ३५ सम्मको मूल्यरेञ्ज तोकेको छ । सोहि मूल्यरेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

उक्त कम्पनीले गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको थियाे । कुल कित्तामध्ये संस्थापकतर्फको ८ करोड ४० लाख र सर्वसाधारणतर्फको १ करोड ६० लाख कित्ता रहेको छ । उक्त कम्पनीको शेयर जेठ ११ गतेनै संस्थापकसहित १० करोड कित्ता शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरिएको थियो । उक्त कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो ।

आईपीओ विक्रीपछि रू. १० अर्ब चुक्तापूँजी कायम गरेको उक्त कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार १८:१५