७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

अस्पतालले जागिरबाट निकालेपछि शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु

२६ जेठ, काठमाडाैँ । अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका अछामकाे बयालपाटा अस्पतालका कर्मचारीको मृत्यु भएको छ।अस्पतालले आर्थिक संकट भएको भन्दै जागिरबाट हटाएपछि आज साफेबगर नगरपालिका-६ भागेश्वरका सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

जलेर घाइते भएका उनलाई दिउँसो हेलिकप्टरमा उद्धार गरी थप उपचारका लागि कोहलपुर लगिएको थियो। उनको उपचारको क्रममा कोहलपुर अस्पतालमा केही बेरअघि मृत्यु भएको हाे । अस्पतालले हटाएपछि केहि दिनदेखि तनावमा रहेका उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बताइएको छ। बयलपाटा अस्पतालले उनी लगायत ३२ जना कर्मचारीलाई हटाएको थियो।

प्रकाशित मिति : June 8, 2020 at 5:47 pm