७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बरन्डाबाट खसेर हजुरबुबाको मृत्यु, तीनमहिने नाति घाइते

२६ जेठ, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ । आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर

घाइते शिशुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणको कार्य भइरहेको र परीक्षणपछि आफन्तालाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

प्रकाशित मिति : June 8, 2020 at 4:44 pm