७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि घर पठाइएका ४० वर्षिय पुरूषको मृत्यु

२६ जेठ, काठमाडाैँ । कोरोना रिपोर्ट नेगेटिभ अाएपछि घर गएको एक दिन नबित्दै महोत्तरीमा १ पुरूषको मृत्यु भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालका अनुसार क्वारेन्टाइनबाट शनिवार घर गएका ४० वर्षका पुरूषको  आइतबार राति मृत्यु भएको हो ।

फाइल फाेटाे

जेठ ६ गते भारतको हरियाणाबाट आएका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा उनिहरूकाे काेराेना रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले मृतकको फेरि स्वाब संकलन गरी मृतकको दाहसंस्कार गरिसकेको जानकारी दिए

प्रकाशित मिति : June 8, 2020 at 1:02 pm