३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सप्तरीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ९३ पुग्याे

२६ जेठ, काठमाडाँ । सप्तरीका थप १६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार काेराेना संक्रमित सबै भारतका विभिन्न स्थानबाट आइ क्वारेन्टाइमा बसेका हुन्। आज थपिएका कोरोना संक्रमितहरुको उमेर १२ वर्ष देखि ४५ वर्षसम्म  रहेको छ।

धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूकाे कोरोना संक्रमण पुष्टि भएकाे हो। संक्रमित सबैलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको कार्यालयका प्रमुख यादवले बताएका छन् । थप १६ जना  कोरोना संक्रमित थपिएसँगै जिल्लामा काेराेना संक्रमित संख्या ९३ पुगेको छ।

प्रकाशित मिति : June 8, 2020 at 11:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/