७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

२४ जेठ, पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा  स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका २ जना पुरुष रहेका छन् । यस्तै कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएका हुन् ।

यसैगरी नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको  कोरोना संक्रमण पुष्टि भएकाे र सबैलाई जिल्ला अस्पतालकाे आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रकाशित मिति : June 6, 2020 at 6:45 am